चर्चित नायिका दीपिकाको पढाइ १२ कक्षा मात्रै, कलाकारितामा उच्च सफलता
चर्चित नायिका दीपिकाको पढाइ १२ कक्षा मात्रै, कलाकारितामा उच्च सफलता
    • Bell Sanchar

    • १८ माघ २०७९, बुधबार

बलिउडकी चर्चित नायिका दीपिका पादुकोण यतिबेला फिल्म पठानको सफलतामा रमाइरहेकी छन् । यसैबेला उनले आफ्नो पढाइबारे खुलासा गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी १२ कक्षा मात्रै पढेकी छन् । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा लागेका कारण उनले पढाइलाई अगाडि बढाउन पाइनन् ।

उनी बलिउडका चर्चित कलाकारभित्र पर्छिन् । ९ वर्षको उमेरदेखि उनले मोडलिङ शुरू गरेकी थिइन् । सानैदेखि उनी कलाकार बन्न चाहन्थिन् ।

दीपिकाले भनिन्, ‘म कहिल्यै कलेज गइनँ । म मुस्किलले १२ कक्षा पास हुँ । म बेङलुरुमा बस्थें र कामका कारण मैले मुम्बई–दिल्ली यात्रा गर्नुपर्थ्यो ।’

कलाकारिताको कामसँगै पढाइ गर्न नसकिएको उनले बताइन् । ‘मैले स्नातक तह पढ्न भर्ना लिएँ तर पढाइ पूरा गर्न सकिनँ,’ उनले भनिन्, ‘मेरो पढाइबारे आमाबुवा धेरै चिन्तित हुनुभयो ।

उहाँ भन्नुहुन्थ्यो – पहिले पढाइ पूरा गर्नु, त्यसपछि मात्रै काम गर्नू ।’

चिन्ता हुँदाहुँदै पनि परिवारले आफूलाई बलिउडमा स्थापित हुन सहयोग नै गरेको उनले बताइन् ।

साताकाे चर्चित
सम्बन्धित