सुन चाँदीको मूल्य बढ्ने क्रम जारी
सुन चाँदीको मूल्य बढ्ने क्रम जारी
    • Bell Sanchar

    • १९ माघ २०७९, बिहीबार
सुन चाँदीको मूल्य बढ्ने क्रम जारी

काठमाडौं, नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ।

बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो।

उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ।

बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित