बार्सिलोनालाई शीर्ष स्थानमा ८ अंकको अग्रता
बार्सिलोनालाई शीर्ष स्थानमा ८ अंकको अग्रता
    • Bell Sanchar

    • १९ माघ २०७९, बिहीबार

एजेन्सी

काठमाडौं,बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको छ।

बुधबार राति भएको खेलमा रियल बेटिसलाई २–१ ले हराउँदै क्याटलान क्लब बार्सिलोनाले रियल मड्रिडसँग दूरी बढाएको हो।

सेभियामा भएको खेलमा बार्सिलोनालाई जिताउन राफिन्हा र रोबार्टाे लेवान्डोस्कीले एक एक गोल गरेका थिए। पहिलो हाफमा बराबरीमा टुंगिएको खेलमा ६५ औं मिनेटमा राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाए।

८० औं मिनेटमा लेवान्डोस्कीले खेललाई २–० को अग्रता बनाए। ला लिगाका सर्वाधिक गोलकर्ता  लेवान्डोस्कीले सिजनको आफ्नो १४औं लिग गोल गरेका हुन्।

८५औं मिनेटमा जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा पुग्यो। त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो। विलियम कार्भाल्हो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

यो जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। बार्सिलोनाको १९ खेलबाट ५० अंक पुगेको छ। एक खेल कम खेलेको रियलको ४२ अंक छ । पराजित बेटिस ३१ अंब जोडेर छैटौं स्थानमा छ ।

बार्सिलोना सन् २०१९–२० पछि पहिलो पटक ला लिगा उपाधि जित्ने योजनामा छ।

साताकाे चर्चित
सम्बन्धित