मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन आज काठमाडौं आउँदै
मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन आज काठमाडौं आउँदै
    • Bell Sanchar

    • १९ माघ २०७९, बिहीबार

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् ।

इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ ।

मलेसियाले विभिन्न क्षेत्रका लागि करिब पाँच लाख नयाँ कामदार भित्र्याउने घोषणा गरेको सन्दर्भमा गृहमन्त्री इस्माइलले नेपाल र बंगलादेशसहित आफ्ना प्रमुख आप्रवासी कामदारका मुलुकको भ्रमण गर्न लागेका हुन् ।

नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा चिनिने मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्ने जनाइएको छ ।

उनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै अर्थ, श्रम र परराष्ट्र मन्त्रालयका अधिकारीसँग मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाली श्रमिकको सुरक्षा, कामदारको सङ्ख्या र पारिश्रमिक वृद्धिसहित सबै विषयमा छलफल हुने छ ।

मलेसियामा हाल करिब सात लाख नेपाली कामदारहरू रहेको सरकारी आंकडा छ ।

उनी भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित