लुम्बिनी प्रदेश सभाको बैठक आज १ बजे बस्ने
लुम्बिनी प्रदेश सभाको बैठक आज १ बजे बस्ने
    • Bell Sanchar

    • २० माघ २०७९, शुक्रबार

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ ।

प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आज बस्ने बैठकमा मुख्यमन्त्री लिला गिरीबाट महालेखापरीक्षकका दुई वर्षका प्रतिवेदनहरु पेश गर्ने र कार्यव्यवस्था परामर्श समिति घोषणा गरिनेछ ।

यसअघि माघ ५ गतेको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत पाएका थिए ।

साताकाे चर्चित
सम्बन्धित