रियल मड्रिडले भ्यालेन्सियालाई हरायो ,दुई मिनेटको अन्तरमा २ गोल गर्दै
रियल मड्रिडले भ्यालेन्सियालाई हरायो ,दुई मिनेटको अन्तरमा २ गोल गर्दै
    • Bell Sanchar

    • २० माघ २०७९, शुक्रबार

काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले दश खेलाडीमा समेटिएको भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ ।

जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ५ मा झारेको छ ।

रियलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा दुई मिनेट अन्तरमा रियलले दुई गोल गर्याे । मार्काे असेन्सियोले ५२ औं र भिनिसियस जुनियरले ५४ औं मिनेटमा गोल गरे ।

गाब्रिएल पाउलिस्टाले ७२औं मिनेटमा रातो कार्ड पाएपछि भ्यालेन्सिया दश खेलाडीमा समेटिएको थियो ।

जितपछि रियलले १९ खेलबाट ४५ अंक जोडेको छ । भ्यालेन्सिया समान खेलबाट २० अंकसहित १४ औं स्थानमा छ ।
बार्सिलोना १९ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ ।

साताकाे चर्चित
सम्बन्धित