प्रेस सेन्टर जुम्ला सदस्य बिर्ख वहादुर शाहीको अटो दुर्घटना हुँदा मृत्यु
प्रेस सेन्टर जुम्ला सदस्य बिर्ख वहादुर शाहीको अटो दुर्घटना हुँदा मृत्यु
    • उमेश बुढा

    • २१ माघ २०७९, शनिबार

जुम्ला ।

जुम्ला देखि कालिकोट जादै गरेको अटो खल्लागाडको तल्लो मोडमा दुर्घटना हँदा प्रेस सेन्टर शाखा जुम्ला सदस्य बिर्ख वहादुर शाहीको घटना स्थलमै मृत्यु भएको छ ।

कालिकोट तिला गुफा नगरपालिकाको गाल्जेमा सत्यदेवीको मेला हेर्न जाने क्रममा भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना हुँदा हिमा गाउँ पालिका ४ जुम्ला शाहीको मृत्यु भएको हो ।

उनकी क्षिमती तारा शाही , ११ वर्षीया छोरी र ६ वर्षीया छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

उनकी पत्नी तारा शाहीको हात र छातीमा चोट लागेको छ , भने दुईवटा बच्चा सामान्य घाइते भएका छन् । घाइते सबै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

मृतक शाहीको शव घटना स्थलबाट पोष्टमाडमका लागि प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।

मृतक शाही हिमा आवासिय विद्यालयका शिक्षक हुन् । नेपाल पत्रकार महासंघ शाखा जुम्ला साधारण सदस्य तथा प्रेस सेन्टर जुम्ला सदस्य रहेको बताइएको छ ।

सवारी चालक सहित ४ जना रहेका थिए ।

साताकाे चर्चित
सम्बन्धित