सिंजा गाउँपालिकाका स्वास्थ चौकिलाई निसुल्क अक्सिजन उत्सर्जन मेसिन सहयोग
सिंजा गाउँपालिकाका स्वास्थ चौकिलाई निसुल्क अक्सिजन उत्सर्जन मेसिन सहयोग
    • बिर बहादुर राना

    • २१ माघ २०७९, शनिबार

काठमाडौं ।

सिंजा गाउँपालिका एक र दुई वडाका स्वास्थ्य चौकीलाई निशुल्क अक्सिजन उत्सर्जन मेसिन वितरण गरिएको छ। सिंजा गाउँपालिका गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएका पूर्णप्रसाद आचार्य र ईश्वरी श्रेष्ठ (आचार्य) दम्पतिले स्वास्थ्य चौकिलाई निशुल्क अक्सिजन उत्सर्जन मेसिन दिएका हुन्।

अक्सिज मेसिन पाएसँगै गाउँपालिका अध्यक्ष पूर्णपसाद धितालले मेसिन वितरण गर्ने दम्पतिलाई धन्यवाद दिएका छन्। सिंजा गाँउपालिका हार्दिक धन्यवाद सहित उहाँको यो सहयोगकोलागि गाँउपालिका उच्च प्रसंशा गर्दछ, उनी भन्छन्  यी मेशिनहरु श्वासप्रश्वासका रोगीहरुलाई उपयोगि हुनेछ ।

विपदको बेला पनि उहाँहरुले पालिकाबासीहरुलाई धेरै सहयोग गर्नु भयको थियो । आचार्य दम्पतिले विगतका दिनमा पनि विभिन्न जिल्लाका स्वास्थ्य चौकिलाई निशुल्क अक्सिजन उत्सर्जन मेसिन वितरण गर्दै आएका छन्।

उनीहरुले हालसम्म पोखरा, चितवन, कोहलपुर, धनगढी, काठमाडौं लगायतका स्वास्थ चौकीहरुमा निशुल्क मेशिन वितरण गरिसकेका छन।

कर्णालीमा पनि पहिला नै वितरण गर्ने योजना भएपनि समय नलिमेकाले आज वितरण गरिएको पूर्णप्रसाद आचार्यले बताए ।

कोरोनाको समयमा हामीले यस्ता मेसिन धेरै वितरण गर्यो । कर्णालीमा पनि धेरै पहिला नै वितरण गर्ने योजना थियो। तर समय मिलेको थिएन। अहिले समय मिलेर वितरण गरेको हो,´ आचार्य भन्छन्,`कर्णालीमा स्वास्थ उपकरण एकदमै कम छ।

अक्सिजन भनेको बिरामीलाई सहि समयम उपलब्ध गराउन सकेनौं भने जे पनि हुन सक्छ । त्यसैले यो मेसिन वितरण गरेका हौँ।´ आगामी दिनमा पनि विभिन्न स्वास्थ चौकीलाई मेसिन वितरण गर्ने योजना रहेको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित