अहिले तपाईंलाई केही दिन सक्दिन ,बालुवाटारमा रविलाई प्रचण्डले भने
अहिले तपाईंलाई केही दिन सक्दिन ,बालुवाटारमा रविलाई प्रचण्डले भने
    • Bell Sanchar

    • २२ माघ २०७९, आईतवार

काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् ।

गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन सक्ने जवाफ दिएका बालुवाटार निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।

एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन सकने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतको दावी छ ।

साताकाे चर्चित
सम्बन्धित