कलवार जसपामा प्रवेश स्वतन्त्र जितेका सांसद
कलवार जसपामा प्रवेश स्वतन्त्र जितेका सांसद
    • Bell Sanchar

    • २२ माघ २०७९, आईतवार

जनकपुरधाम । बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्  ।

बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

उनी बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय भएका थिए ।

यसअघि महोत्तरी २ (२) बाट चुनाव जितेका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गरेका थिए ।

यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित