काठमाडौं । महिला साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।
अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले पहिलो गोल गर्दैै नेपाललाई अग्रता दिलाएकी हुन् ।
पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा कार्कीले दोस्रो गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् ।
खेलको ६० औं मिनेटमा दिपा शाहीले नेपालका लागि गोल गर्ने एक सुनौलो अवसर गुमाइन् । मनमाया दमाईको बायाँतर्फबाट आएको क्रस खुट्टामा लागेर पोष्ट माथि हुँदै बाहिरिएको हो ।
तेस्रो गोलको एक मिनेटपश्चात नेपाली फरवार्ड अमिशा कार्कीले ह्याट्रिक गर्दै नेपालको लागि चौथो गोल गरिन् । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले घरेलु मैदान बंगालादेशसँग ३–१ को हार बेहोरेको थियो ।
आजको दोस्रो खेल घरेलु टिम बंगलादेश र भारतबीच बेलुकी पौने ७ बजे हुनेछ । नेपालले आजको खेलमा ४–० को फराकिलो जितेसँगै शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।