केनको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीको हार
केनको कीर्तिमानी गोलमा म्यानचेस्टर सिटीको हार
    • Bell Sanchar

    • २३ माघ २०७९, सोमबार

काठमाडौं ।ह्यारी केनको निर्णायक गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराएको छ।

टोटेनहमले घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा सिटीमाथि १–० को जित निकालेको हो। आइतबार राति भएको खेलको १५ औं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

यो सँगै ह्यारीकेन टोटनहनका लागि इतिहासकै सबैभन्दा बढी गोल गर्ने खेलाडी भएका छन्। इंल्याण्डका कप्तानसमेत रहेका केनले टोटनहमका लागि २६७ गोल गर्दै सर्वाधिक गोलको कीर्तमान बनाए। यसअघि सर्वाधिक गोलको कीर्तिमान जिम्मी ग्रेभ्सको नाममा थियो।

२९ वर्षिया केनले क्लबका लागि पहिलो गोल सन् २०११ डिसेम्बर १५ मा गरेका थिए।

उक्त अग्रता कायम राख्दै हटस्परले महत्वपूर्ण तीन अंक जोड्यो।

यो जितसँगै २२ खेलबाट ३९ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ। यता पराजित सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी छोट्याउने मौका गुमायो।

एक खेल कम खेलेको सिटीले ४५ अंक जोड्दै दोस्रो स्थानमा छ। समान खेलबाट आर्सनको ५० अंक छ। आर्सनल अझै ५ अंकले अघि छ।

साताकाे चर्चित
सम्बन्धित