वुमनिया प्लस साइज मोडेल २०२३ को उपाधी अन्जेलिया शाक्यले जितेकी छिन् ।
वुमनिया प्लस साइज मोडेल २०२३ को उपाधी अन्जेलिया शाक्यले जितेकी छिन् ।
    • Bell Sanchar

    • २३ माघ २०७९, सोमबार

काठमाडौं । शुक्रबार जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा परिचयात्मक, प्रतिभा र प्रश्नोत्तर राउण्डमा दमदार प्रस्तुती दिदै उनले उक्त उपाधी जितेकी हुन । शाक्यले शिर्ष उपाधी हात पार्दा श्रेस्ता शाहले पब्लिक च्वाईस अवार्डसहित फर्स्ट रनर अपको उपाधी हात पार्न सफल रहिन् ।

उपाधी विजेताहरुलाई निर्णायक मण्डलका सदस्यहरु टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा, चलचित्र पत्रकार एवम् निर्देशक माधव खरेल, महिला व्यवसायी एवम् पूर्व सुपर प्लस साइज उपाधी विजेता (मोडेल) जुली महतो र इभेन्ट अर्गनाइजर महेश केसी र आयोजक कम्पनी मोडल सङस नेपालका सिईओ डेभिल सिंह राजपुतले क्राउन तथा मेडल हस्ताण्तरण गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन उक्त प्रतियोगितामा स्वस्ति दंगालले कार्यक्रम निर्देशक र परमानन्द चौधरी एवम् सोमराज बाँस्तोलाले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रम प्लस साइज क्लोथिङ स्टोर वुमनियाको टाईटल स्पोन्सरशिपमा सम्पन्न भएको हो ।

साताकाे चर्चित
सम्बन्धित