मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान
मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान
    • Bell Sanchar

    • २३ माघ २०७९, सोमबार

काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाल कमर्श क्याम्पस (मीनभवन) क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए ।

उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर-पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित