एसएमएस भोटिङका लागि मञ्चले इसेवासँग सम्झौता गरिसकेको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने स्पोर्ट्स अवार्ड फागुन २३ गते हुनेछ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा पिपल्स च्वाइस अवार्डसँगै ९ विधामा अवार्ड प्रदान गरिने छ ।
त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ । वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने मञ्चले जनाएको छ ।
मनोनयन नहुने विधाहरु लाइफटाइम अवार्ड, स्पेशल पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ ।
यसपटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।