केयूकेएलले भन्यो, ११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन
केयूकेएलले भन्यो, ११ सय ठाउँमा पानी चुहियो, पानी हुँदा समेत बाँड्न सकिएन
    • Bell Sanchar

    • २३ माघ २०७९, सोमबार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले २३ मंसिरमा मेलम्चीको पानी वितरण थालेयता मात्रै ११ सय स्थानमा चुहावट भएको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै केयूकेएलले पुरानो वितरण सञ्जालका कारण पानीको चुहावट अत्यधिक मात्रामा भएको र त्यसलाई मर्मत गर्ने काम चलिरहेको बताएको छ ।

केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार खानेपानी संस्थानबाट हस्तान्तरण भएको पुरानो लाइनबाट पानी बाँड्नुपर्ने धेरै ठाउँमा समस्या भएको बताए ।

‘कतिपय अग्ला ठाउँमा पानी पुग्न सकेको छैन, यस्तो गुनासो दैनिक रुपमा आइरहेको छ,’ उनले भने, ‘कतिपय ठाउँमा हाम्रो पानी ट्यांकीमा पानी हुँदा हुँदै पनि वितरण गर्न सकेका छैनौं ।’

साताकाे चर्चित
सम्बन्धित