ग्रामी अवार्डमा बियोन्सेले रचिन् कीर्तिमान
ग्रामी अवार्डमा बियोन्सेले रचिन् कीर्तिमान
    • Bell Sanchar

    • २३ माघ २०७९, सोमबार

ग्रामी अवार्डको ६५ औं संस्करणमा पपस्टार बियोन्सेले कीर्तिमान राखेकी छन्।

सोमबार अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा ३२ औं अवार्ड जित्दै उनी हालसम्म बढी ग्रामी अवार्ड जित्ने गयिका बनेकी हुन्।

द न्यूर्योक टाइम्सका अनुसार बियोन्सेले हंगेरी-ब्रिटिश नागरिक जर्ज सोल्टीको रेकर्ड तोडेकी छन्। उनले २० वर्षसम्म ग्रामी अवार्डमा ३१ अवार्ड जितेकी थिइन्।

बियोन्सले यसवर्ष ४ विधामा अवार्ड जितेकी छन्। उनले डान्स एल्बम ‘रेनेसान्स’ बाट उत्कृष्ट नृत्य तथा इलेक्ट्रोनिक एल्बम, बेस्ट आर एण्ड बी गीत, उत्कृष्ट नृत्य/इलेक्ट्रोनिक रेकर्डिङ र उत्कृष्ट परम्परागत आर एण्ड बी पफर्मेन्स विधामा अवार्ड जितेकी हुन्।

उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनीत भएकी थिइन्।

ग्रामी अवार्ड विजेताको सूची:

एल्बम अफ द इयर: ह्यारी स्टाइल्स (ह्यारीज् हाउस)

रेकर्ड अफ द इयर: लिज्जो (अबाउट ड्याम टाइम)

सङ अफ द इयर: बोनी राईट (जस्ट लाइक ड्याट)

उत्कृष्ट नयाँ आर्टिस्ट: समारा जोय

उत्कृष्ट पप सोलो पफमेन्स: एडेले (इजी अन मि)

उत्कृष्ट डान्स तथा इलेक्ट्रोनिक एल्बम: बियोन्से

उत्कृष्ट र्‍याप एल्बम: केन्ड्रिक लामार (मिस्टर.मोराले एण्ड द बिग स्टेपर्स)

उत्कृष्ट म्युजिक उर्बाना एल्बम: ब्याड बनी (अन वेरानो सिन टि)

उत्कृष्ट पप युगल/समूह प्रस्तुती: साम स्मिथ र किम पेट्रोस (अनहोली)

उत्कृष्ट कन्ट्री एल्बम: विली नेल्सन (अ ब्युटीफूल टाइम)

उत्कृष्ट आर एण्ड बी गीत: बियोन्से

उत्कृष्ट पप भोकल एल्बम: ह्यारी स्टाइल

उत्कृष्ट डान्स/इलेक्ट्रोनिक रेकर्डिङ: बियोन्से (बेक्र माई सोल)

उत्कृष्ट ग्लोबल म्युजिक प्रस्तुती: वाटर केलरम्यान, जेक्स बान्टविनी र नोमकेबो जिकोडे

उत्कृष्ट कन्ट्री सोलो प्रस्तुती: विली नेल्सन (लाइभ फरइभर)

उत्कृष्ट आर एण्ड बी प्रस्तुती: मुनि लङ्ग (हाओर्स् एण्ड हाओर्स्)

उत्कृष्ट र्याप प्रस्तुती: केन्ड्रिक लामर (द हार्ट पार्ट ५)

उत्कृष्ट मेटल प्रस्तुती: ओजी ओसबोर्न फिचरिङ टोनी लोम्मी

उत्कृष्ट रक प्रस्तुती: ब्रान्डी कार्लिले ब्रोकन हर्सेज

उत्कृष्ट रक एल्बम: ओजी ओस्बोर्न- प्यासेन्ट नम्बर ९

उत्कृष्ट परम्परागत आर एण्ड बी पफमेन्स: बियोन्से

उत्कृष्ट अलटरनेटिभ म्युजिक गीत: वेट लेग

उत्कृष्ट आर एण्ड बी: रोबर्ट ग्लास्पर- ब्याक रेडियो आईआईआई

उत्कृष्ट र्‍याप गीत: केन्ड्रिक लामार (द हर्ट पार्ट ५)

उत्कृष्ट कमेडी गीत: डेभ च्याप्ली- द क्लोजर

उत्कृष्ट लोक एल्बम: म्याडिसन कनिंघम

उत्कृष्ट कन्ट्री गीत: कोडी जोनसन- टिल यु कान्ट

उत्कृष्ट प्रोग्रेसिभ आर एण्ड बी एल्बम: स्टीव लेसी- जेमिनी राइट

साताकाे चर्चित
सम्बन्धित