टर्की र सिरियामा भूकम्पले चार हजार जनाको मृत्यु भएको पुष्टि
टर्की र सिरियामा भूकम्पले चार हजार जनाको मृत्यु भएको पुष्टि
    • बेल संचार

    • २४ माघ २०७९, मंगलवार

, काठमाडौं । सोमबार बिहान सिरिया र टर्कीको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट करिब चार हजार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरेका छन् ।

सोमबार टर्कीको गाजियानटेप भन्ने स्थानमा ७.८ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसपछि पनि साना–ठूला परकम्प जारी छन् ।

भूकम्पले ठूलो मानवीय र भौतिक क्षति भएका समाचारहरु आइरहेका छन् । ती समाचारसँगै प्रश्न पनि उब्जिएको छ, यति धेरै क्षति किन भयो ?

बीबीसीका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १८ किलोमिटर तल थियो । त्यसैले ठूला–ठूला भौतिक संरचनाहरु भत्किएका छन् ।

युनिभर्सिटी कलेज लण्डनमा रिस्क एण्ड डिजास्टर रिडक्सन इन्सटिच्युटका हेड प्रोफेसर जोआना फाउरे वाकरका अनुसार पछिल्लो रेकर्ड हेर्दा यति शक्तिशाली भूकम्प १० वर्षको अवधिमा दुईपटक र त्यसभन्दा अघिको दशकमा चार पटक आएको छ । तर यसपटक बढी क्षति पुगेको छ ।

गत सोमबारको भूकम्प बिहानको समयमा आएको थियो । त्यतिबेला मानिसहरु घरभित्रै सुतिरहेका थिए । त्यसैले पनि धेरैजसोको घरभित्रै च्यापिएर मृत्यु भएको छ ।

कमजोर भौतिक संरचना पनि क्षतिको अर्को कारण रहेको बीबीसीले उल्लेख गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित