जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ५ लुड्कु गाउँ निवासी १३ वर्षकी ममता बुढाको आर्थिक अभावले आइसियुमै मृत्यु कुर्दै छटपटाई रहेकि छन् ।
उनको फोक्सो आदा सुकिरहेको , टाउकोमा पानी जमेर इन्फेक्सन भएको छ । र दायाँ पट्टिको शरिर चल्न छोडेको आदि रोगले ग्रसित भएकी ममताको कोलपुर मेडिकल कलेजमा चार दिन देखि उपचार भइरहेको तर अझै होस नखुलेको मामा नाता पर्ने सन्तोष बोहोराले जानकारी दिनु भएको छ ।
बोहोरा भन्नु हुन्छ , चारदिन देखि होस बन्द भएको छ डाक्टरको सहल्ला अनुसार भेन्टिलेटरमा लिनुको विकल्प छैन् । भेन्टिलेटरमा प्रत्येक दिनको १४ हजार लाग्ने देखिएको छ ।
छोरीको त्यो अवस्था देखेर पागल जस्तै भएका छन् ।कालापहाड जाने र सामान्य प्यापार गरि कमाएको पैसाले परिवार खर्च चलाउदै आएका खुम वहादुर छोरीको उपचारमा अझै अभाव भएपछि सहयोगको खोजीमा भौतारि रहेकाछन् ।
गाउँले साथीहरुको सहयोगमा चार दिनसम्म आइसियुमा उपचार भए पनि होस नखुले पछि भेन्टिलेटरमा लिनुपर्ने बाध्यता छ । तर आर्थिक अभावले भेन्टिलेटरमा लिन नसकेर जिउँदै लास जस्तो विरामी वेडमा पल्टि रहेको हेर्नु पर्ने अवस्था देखिएको मामा बोहोराले जानकारी दिनु भयो ।
आर्थिक अभावले छटपटाइरहेकी बुढाको ज्यान तलमाथि हुन सक्ने भएकाले अकालमै मृत्यु हुनबाट बचाई दिनको लागि आफन्तले अपिल गरेका छन् ।
सहयोगका लागि मामा नाता पर्ने सन्तोष बोहोराको मोवायल नम्बर ९८४८२०९०५४ मा सम्पर्क गर्न सकिनेछ ।
सन्तोष बोहोराको कुमारी बैंक कोलपुर शाखामा रहेको खाता नम्बर ०३५००३५९६८३००००१ मा रुपैयाँ पठाउन सक्नु हुन्छ ।