नेप्सेमा ७.१३ अंकको गिरावट
नेप्सेमा ७.१३ अंकको गिरावट
    • बेल संचार

    • २५ माघ २०७९, बुधबार

काठमाडौं । मंगलबार एकै दिने ७६ अंकको वृद्धि पछि बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको समान्य करेक्सन भएको छ ।

बुधबार बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।

नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । मंगलबार उच्च अंकले बढेको बजाारमा बुधबार नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेपसेमो तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।

बुधबार नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको सेयरमूल्य २.५९ प्रतिशतले बढेको छ ।

आदर्श लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको सेयरमूल्य ४.९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको सेयरमूल्य ३.८८ प्रतिशतले गिरावट भएको छ ।

बुधबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार भएकोमा ६७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।

साताकाे चर्चित
सम्बन्धित