मन्त्रालयको आग्रह ,आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई
मन्त्रालयको आग्रह ,आन्दोलन फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई
    • बेल संचार

    • २९ माघ २०७९, आईतवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई बिरामीको स्वास्थ्य उपचार सेवामा फर्किन आग्रह गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ।

यो घटनाप्रति मन्‍त्रालयले विज्ञप्ति निकालेर दु:ख व्यक्तसमेत गरेको छ।

‘घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको तथा उक्त घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्न प्रयास भइरहेको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्य उपचारको नियमित काममा जुट्न मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेको छ।

आन्दोलनका कारण देशैभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प छ भने बिरामीले दु:ख पाएका छन्।

 

साताकाे चर्चित
सम्बन्धित