काठमाडौं । कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् ।
लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् ।
भुर्तेलले ४१औं ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै शतक पूरा गरे ।
उनले ९९ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक बनाएका हुन् ।
ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।