जुम्लामा खाना पकाउने क्रममा ग्यास लिक भएर घरमा आगलागी
जुम्लामा खाना पकाउने क्रममा ग्यास लिक भएर घरमा आगलागी
    • उमेश बुढा

    • ६ फाल्गुन २०७९, शनिबार

जुम्ला ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीका अनुसार चन्दननाथ नगरपालिका  ६ बसपार्कस्थित मेघराज न्यौपानेको तीनतले घरमा आगलागी हुँदा ४ वटा कोठा

गल्ली र माथिल्लो तला जाने भर्‍याङमा क्षति भएको छ । निरिक्षक जोशीका अनुसार सो घरमा कोठा भाडा लिएर बसेका नवराज खड्का खाना पकाउँदै गर्ने क्रममा एक्कासी रेगुलेटरमा

आगो निस्केर आगजनी भएको हो । खड्काले भने लिक भइरहेको आगो निभाउन प्रर्‍यास गर्दा ग्यास सिलिन्डर ढलेर आगो फैलिएर कपटामा सल्केर घरमा आगलागी भएको हो ।

आगो समयमा नियन्त्रण भएको जोशीले जानकारी दिनु भएको छ । स्थानीय , नेपाल प्रहरी , नेपाली सेना , सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलको सहयोगमा आगो समयमा नियन्त्रण भएको थियो ।
आगलागी भएको बेला दोस्रो र तेस्रो तलामा रहेका नागरिकको उद्दार गरिएको छ । जसमा सरस्वती बुढ्थापा , प्रर्मिला बुढा , कर्मकन्या हमाल ,पुजा बुढा र मायालक्ष्मी बुढालाई उद्धार गरिएको हो ।

एकजना जेष्ठ नागरिक महिलालाई कठिन अबस्थामा उद्धार गरिएको स्थानीय गोपाल रोकायाले बताए ।

साताकाे चर्चित
सम्बन्धित