ट्रम्पलम्यानको कसिलो बलिङमा नामिबियालाई मध्यम लक्ष्य
ट्रम्पलम्यानको कसिलो बलिङमा नामिबियालाई मध्यम लक्ष्य
    • बेल संचार

    • ८ फाल्गुन २०७९, सोमबार

 काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको खेलमा स्कटल्याण्डले नामिबियालाई २२२ रनको मध्यम लक्ष्य दिएको छ ।

नामिबियाका तिव्र गतिका बलर रुवेन ट्रम्पलम्यानको उत्कृष्ट बलिङ गरेपछि स्कटल्याण्ड ४८.४ ओभरमा २२१ रनमा अल आउट भएको हो ।

स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ र बनाए । उनले ७५ बलमा ७ चौका प्रहार गरे ।

ओपनर काइल कोजर ताङ्गामाई लुङ्गामेनीको बलमा डगआउट भए । लियम न्यालर २० रन बनाउँदै रुवेन ट्रम्पलम्यानको बलमा बोल्ड भए ।

कप्तान रिची बेरिङटन ५५ बलमा ३२ रन बनाउँदै बर्नाड स्कोल्ज्को बलमा एलबीडब्ल्यु भए ।

म्याथ्यु क्रस १६ मा ट्रम्पलम्यानको बलमा बोल्ड भए । तोमस म्याकिन्टोसले ३४ रन बनाउँदै स्टम्पिङ भए ।

माइकल लिस्कले २९ रन बनाए । नामिबियाका लागि रुविन ट्रम्पलम्यानले ९.४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ५ विकेट लिए ।

ताङ्गेनी लुङ्गामेनीले ९ ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । बर्नाड स्कोल्ज, बेन सिकान्गो, पिक्की या फ्रान्सले समान १–१ विकेट लिए ।

साताकाे चर्चित
सम्बन्धित