महबुब आलम ,६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन्
महबुब आलम ,६ म्याचको ३६ लाख हुने भनेको थिएँ, दुवै जनाले मानेनन्
    • बेल संचार

    • ८ फाल्गुन २०७९, सोमबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले टी–२० लिगमा स्पट फिक्सिङका लागि दुई जना खेलाडीसँग अप्रोच गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा आलमले त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिगमा दुई जना खेलाडीलाई आफूले फिक्सिङका लागि प्रस्ताव राखे पनि उनीहरुले अस्वीकार गरेको बताएका छन् ।

आफ्नो छिमेकी रवि माझीले पोखरा एभेन्जर्सका एक जना खेलाडी र फार वेष्ट युनाइटेडका अर्का एक खेलाडीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको आलमको भनाइ छ ।
माझीले खेलाडीको काम हुनसाथ पैसा उपलब्ध हुने बताएको उनले भनेका छन् ।

‘त्यसअनुसार भन्दा एकजनाले मबाट यो काम हुँदै भन्ने जवाफ दिए, मैले उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखको दरले ३६ लाख हुने म्यासेन्जरमा बताएको थिएँ’, उनले भनेका छन्, ‘मलाई पनि प्रति म्याच २ लाख रुपैयाँ दिने बताएर खेलाडीसँग सम्पर्क गर्न भनिएको थियो ।’

साताकाे चर्चित
सम्बन्धित