काठमाडौं
८ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । गठबन्धनका उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई जिताउनका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो ।
त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य रहेका छन् ।
कार्यदलले पौडेलको पक्षमा बढी भन्दा बढी मत बटुल्न भूमिका खेल्ने छ ।
यसैबीच गठबन्धनमा आवद्ध सवै दलका मतदाता (सांसद)लाई फागुन २३ भित्र काठमाडौ आउन निर्देशन पनि बैठकले दिएको छ । जनमत पार्टीका नेता अब्दुल खाँले २५ गतेको निर्वाचनलाई लक्षित गरेर २३ गते नै काठमाडौँ बोलाउने निर्णय भएको बताए ।