सिँजा गाउँपालिकामा उद्यमशिलता विकास तालिम सञ्चालन
सिँजा गाउँपालिकामा उद्यमशिलता विकास तालिम सञ्चालन
    • उमेश बुढा

    • १५ फाल्गुन २०७९, सोमबार

जुम्ला

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर २ र ४ मा उद्यमशिलता विकास तालिम सञ्चालन भएको छ ।

आत्म निर्भरता, उद्यमशिलता, आजको आवश्यकता भन्ने नारा सहित औपचारिक रुपमा यो कार्यक्रम सञ्चालन भएको सिँजा पालिका उद्योग शाखा सहजकर्ता सुस्मिता बुढाले जानकारी गर्नु भएको छ ।

उनले भनिन् २ र ४ वडाका २६ जना व्यक्तिलाई गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको बुढाले बताइन् ।

हरेक व्यवसाय गर्दै आएका व्यक्तिलाई तालिममा ज्ञान, सिप र कला थप सिकाएर व्यक्तिलाई सक्षम बनाउनको लागि सो तालिमको सुरुवात गरेको सिँजा गाउँपालिका उद्योग शाखा प्रमुख नर्मजङ्ग रोकायाले बताउनु भयो ।

व्यवसाय गरि रहेका तर व्यवसाय गर्न कठिनाई भएका व्यवसायी हरुलाई व्यवसाय कसरी गर्ने, उत्पादन शितला वस्तुको बजारीकरण लैजान वा वस्तुको भाउ पाउनको लागि यो तालिमको उद्येश्य रहेको रोकायालाले बताए ।

व्यक्तिले व्यवसाय गरेर आफैमा आत्मनिर्भरता कसरी हुने भन्ने उद्येश्यले उद्यमशिलतालाई सानो टेवा पुग्ने उद्येश्यले यो तालिम सञ्चालन गरेको प्रमुख रोकायाको भनाइ छ ।

सिँजामा भौतिक विकाससँगै मानिसको व्यवहार परिवर्तन र कार्यप्रति दक्षता बाउनको लागि व्यवसायीहरुलाई पटक पटक सिँजा गाउँपालिका उद्योग विकास शाखाले यस्ता कार्यक्रम गर्दै अगाडि बढिरहेको छ ।

समाजमा उद्योग मात्र खोलेर यसले नागरिकलाई सेवा दिन सकेको हुँदैन उद्यमीहरुलाई थप ज्ञान प्राप्त गर्नको लागि तालिमको महत्त्वपूर्ण आवश्यकता रहेको हुन्छ । उद्योग विकास शाखाले जानएको छ ।

साताकाे चर्चित
सम्बन्धित