काठमाडौं । अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनी २०२६ सम्मै अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । ४४ वर्षीय प्रशिक्षक स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नवीकरण गरेका छन् ।
सम्झौता नवीकरणका लागि अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया र स्कालोनीबीच पेरिसमा सोमबार भेट भएको संघले विज्ञप्तीमार्फत जनाएको छ ।
तर पछि अर्जेन्टिना फुटबल संघले उनलाई स्थायी प्रशिक्षक बनाएको थियो । २०२१ मा उनकै प्रशिक्षणमा अर्जेन्टिनाले कोपा अमेरिकाकोउपाधि जितेको थियो ।
सम्झौता नवीकरण गरेपछि स्कालोनीले २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने विश्वकपसम्म अर्जेन्टिनाको टिम हेर्ने छन् ।
स्कालोनीले सोमबार राति भएको फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड समेत जितेका छन् । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमले मार्च अन्तिममा पनामा र कुराकाओसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको अर्जेन्टिना फुटबल संघले जनाएको छ ।