आामाबाबाको आसछैन श्रिमानको साथछैन भन्दै गर्भवती बालिकाले जीवनरक्षाको माग गरिन
आामाबाबाको आसछैन श्रिमानको साथछैन भन्दै गर्भवती बालिकाले जीवनरक्षाको माग गरिन
    • उमेश बुढा

    • १८ फाल्गुन २०७९, बिहीबार

जुम्लाको कनकासुन्दरी ५ लुड्कू माइती घर भएकी १६ वर्षीया बालिकाले आमाबाबाको आस छैन , श्रिमानको साथ छैन भनेर सामाजिक संजाल फेसबुकमा भिडियो पोष्ट गरेकी छन् ।

१६ वर्षीया गर्भवती बालिकाले आफुलाई कोहिकसैको साथ पाएर बचाउने आसाले फेसबुकमा भिडियो पोष्ट गरेकी हुँ बालिकाको भनाइ छ ।

उनको पेटमा सात महिना बच्चा रहेको छ । स्वास्थ्य कमारजोर भएको र आफन्त कोही नभएको भन्दै बचाउन आग्रह गरेकी छिन् ।

बालिकाको गत वर्ष चैतमा सुर्खेत कुर्मा भन्ने ठाउँका २० वर्षीया सागझेरी मगरसँग बालविवाह गरेकी हुन । रोजगारीको खोजीमा भारत गएका उनका पति अहिले सम्पर्कविहीन छन ।

उनले आफु सात महिनाको गर्भवती छु, भन्दै दुई महिना पछि सुत्केरी हुने महिना आइसकेको छ । तर अहिले नै स्वास्थ्य कमजोरी भएको छ , जीवनरक्षाका लागि माग गरेकी छु, बालिकाले बताइन् ।

बालिकाको गर्भवस्था स्वास्थ्य परिक्षण गर्न नपाएको स्वास्थ्य भने कमजोर हुँदै गएको र हेरचाहका लागि आफन्त कोही नभएको भिडियो सार्वजनिक भएपछि पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले आफु बस्ने घरमा बस्न दिएकी छन ।

शाहीको पहलमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक गर्भ जाँच भएको छ । चेकजाँच गर्दा चिकित्सकले भने आमा र शिशुको अवस्थ जोखीम पुर्ण रहेको शाहीले बताइन् ।

जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले आवास पेस नेपाल जुम्लासँग समन्वय गरी गर्भवती बालिकालाई आवासको पेस हाउसमा राख्ने पहल भएको तर कनकासुन्दरी र वडाको सिफारिसको आधारमा हाउिमा राख्ने तयारी भइरहेको छ ।

बालिकाको बुवाले आत्महत्या गरेको डेढ वर्ष जति भएको छ । बुवाको आत्महत्या भएपछि परिवारको विचल्ली भएको छ ।

बालिकाका अनुसार बुवाले भेडाबाख्रा विक्रीवितरको व्यापार गर्थे
गाउँ घरबाट भेडाबाख्रा खरिद गरेर जुम्ला सदरमुकाम खलंगा बजारमा ल्याएर विक्रीवितर गर्दै आएका थिए । डेढ वर्ष पछि मासु काट्ने व्यापारीले भेडाबाख्रा लिए पछि वुवालाई पैसा नदिएर मासु काट्ने व्यक्ति भागरे गएको हुँदा गाउँ घरको ऋण तिर्न नसकेर बुवाले आत्महत्या गरेका हुन् ।

बालिकाको श्रिमानको कुनै पत्तो छैन , माइति घरमा आमा पनि अहिले केहि गर्ने क्षमताकी छैन् भाईबहिनी उनका साना छन् । विहान र बेलुका छाक टार्न पनि मुस्किल परेको छ ।

साताकाे चर्चित
सम्बन्धित