एजेन्सी
काठमाडौं । बेलारुसका नोबल शान्ति पुरस्कार विजेता आलेस बियालियात्स्कीलाई शुक्रवार १० वर्षको कैद सजाय दिइएको छ ।
सन् २०२० मा राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध चर्केको आन्दोलनमा सहभागी बियालियात्स्कीलाई सजाय दिइएको हो ।
बियालियात्स्की लोकतन्त्रसमर्थक अभियन्ता हुन् र उनले देशको सबभन्दा प्रसिद्ध मानवअधिकार समूह भियास्ना स्थापना गरेका हुन् ।
गत जुलाई महिनामा उनलाई आफ्नो समूहको गतिविधिका लागि तस्करी गरी नगद ल्याएको आरोपमा हिरासतमा लिइएको थियो ।
तर लुकाशेन्कोको विरोध गरेकोमा उनलाई पक्राउ गरिएको धेरैको विश्वास छ ।
बियालियात्स्कीलाई सन् २०२२ मा रुसी मानवअधिकार संगठन मेमोरियल र युक्रेनी मानवअधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजसँगै नोबल शान्ति पुरस्कार दिइएको थियो ।