गर्भमा हुदाँ शिशुले गर्छन यी काम
गर्भमा हुदाँ शिशुले गर्छन यी काम
    • बेल संचार

    • २१ फाल्गुन २०७९, आईतवार

जन्मिनुअघि आमाको गर्भमा रहेको शिशु कुन अवस्थामा कसरी बसेको हुन्छ भन्नेबारे सबैलाई जान्न मन हुन सक्छ। गर्भमा रहेको शिशु केबल त्यहाँ बस्ने र समयक्रम अनुसार वृद्धि भएको हुन्छ। तर यतिमै सिमित हुदैन उनीहरुको ९ महिने चक्र। पेटभित्रको भ्रुण आफैमा एउटा रहस्य हो जसलाई चिकित्सकले खासै खुलासा गर्दैनन्।

रुन्छन्

आमाको कोखभित्र रहेको बच्चा रुन्छन भन्दा तपाईलाई साहै दुःख लाग्छ होला। तर सत्य यो हो की उनीहरु बारम्बार सुस्तरी रुन्छन्। तर अन्य जन्मिसकेको बालबालिका जस्तो चिच्चाएर भने होइन। गर्भवती महिलाको तेस्रो त्रैमासिकमा लिइएको डिजिटल अल्ट्रासाउन्डमा कोखभित्रको बच्चाले मुख खोलेको, आँशु चुहाएको, ओठ कमाएको र बिस्तारै मुठी पारेर रोएको संकेत देखिन्छ। तापनी यसलाई भावनात्मक रुपमा उथलपुथल भन्दा पनि शिशुको नियमित विकासको पक्रियाको रूपमा लिइन्छ।

 

उनीहरुले स्मरण गर्छन

युनिर्भसिटी अफ हेल्सिन्कीको एक अध्ययन अनुसार कोखभित्र कुनै विशेष गीत वा लयमा आफ्नो दिमाग चलाउने बच्चा जन्मेपछि पनि चलाख र बढी स्मरण शक्ति भएका हुन्छन्।

 

स्वाद थाहा पाउछन्

पेडियाट्रिकमा प्रकाशित एक अध्ययन अनुसार तेस्रो त्रैमासिक अवधिमा प्रर्याप्त गाजर खाने आमाहरुको शिशु जन्मेपछि सागपात खान बढी रुचाउछन्। अवश्य पनि शिशुले गर्भमा बसेर खाना खादैन तर गर्भवती आमाले खाएको खानेकुराको तरल पर्दाथबाट उनीहरु बाँचेका हुन्छन्। र, यसको स्वाद पनि उनीहरुले थाहा पाउछन्। विशेष गरी झोलिलो र फलफुलको स्वाद शिशुले थाहा पाउछन्।

 

उनीहरुले सुन्छन्

गर्भमा रहेका शिशु सुन्ने पनि गर्छन्। त्यही भएर गर्भवती महिलाले राम्रो श्लोक बाचन गराउने परम्परा छ। युनिर्भसिटी अफ फलोरिडाको एक अध्ययन अनुसार आमाहरुले विशेष प्रकारको लय बाचन गर्दा भ्रुणको मुटुको गति घट्छ। अन्य मानिसहरुले चर्को आवाजमा गीत गाउदा वा श्लोक बाचन गर्दा पनि शिशुहरुले सुन्न सक्ने बताइन्छ।

 

तनाबप्रति प्रतिकृया जनाउछन

गर्भवती महिलालाई तनाब भयो भने कोखको भ्रुणलाई पनि तनाब हुने गर्छ। त्यही भएर गर्भाअवस्थमा आमाहरुलाई शान्त र आनन्द हुन अनुरोध गरिन्छ। ल्यानकास्टर र डुरहाम विश्वविद्यायलले गरेका दुई भिन्दा भिन्दै अध्ययनमा गर्भवती आमाले नकरात्मक प्रतिकृया र आवेगमा आउछ शिशुहरु पनि उत्तेजित हुने र आफ्नो अनुहार बायाँ हातले ढाक्ने गर्छन। तसर्थ नयाँ जीवनलाई खुसी र आनन्दित बनाउन आनन्दसँग स्वास लिनुहोस र सदैब खुसी बन्नुहोस।

 

उनीहरुले अभिव्यक्त पनि गर्छन

डुरहाम र ल्यानकास्टर विश्वविद्यालयले गरेका अध्ययन अनुसार २४ साता भएका शिशुले ङिच्च हास्ने र ३६ सातामा आँखीभौ उचाल्ने गर्छन्।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित