काठमाडौं
बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा सहजता होस् भन्ने उदेश्यले ३ महिने नि:शुल्क साङ्केतिक भाषाको तालिम सञ्चालन भएको छ । अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र काठमाडौं महानगरपालिकाको समन्वयमा फागुन २३ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यकक्षमा उक्त तालिमको उद्घाटन गरिएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासिचव सुगम भट्टराइले शुभकामनाको संङ्केत गरेर तालिमकफ उद्घाटन गर्नु भएको थियो । यसै क्रममा उहाँले साङ्केतिक भाषा सिक्नाले स्वदेश तथा बैदेशिक रोजगारमा अवसर मिल्ने, मन्त्रालय, प्रदेश तथा स्थानीय तहमा पनि यसको उपयोग गर्न सकिने हुनाले साङ्केतिक भाषा ज्यादै नै उपयोगी भएको बताउनु भयो ।
यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लिग स्वाबलम्वन जीवन पद्ती केन्द्र काठमाडौंका महिचव गणेश के.सी.ले साङ्केतिक भाषा बहिरा व्यक्तिहरुक लागि मात्रै नभएर सबै व्यक्तिहरुका लागि उपयोगी हुने भन्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
यसै क्रममा यस साङ्केतिक तालिमका प्रशिक्षक तथा बहिरा अपाङ्गता भएका व्यक्ति प्रज्वल सुवेदीले साङ्केतिक भाषा बहिरा तथा अन्य व्यक्तिहरुका लागि पनि महत्वपूर्ण र अति आवश्यक रहेको भन्दै यसले साङ्केतिक भाषाको दोभाषे उत्पादनमा पनि सहयोग गर्ने बताउ भयो ।
त्यसै गरी अर्का प्रशिक्षक तथा साङ्केतिक भाषाका दोभाषे प्रकाश महर्जनले सबै नागरिकहरुम साङ्केतिक भाषाको ज्ञान भएमा बहिरा अपाङ्गता भएका व्यक्तिहरुसँग सहज रुपमा सञ्चार गर्न सकिने भन्दै प्रशिक्षार्थीहरुलाई राम्रोसँग यो तालिममा सहभागी हुनहुन आग्रह गर्नु भयो ।
यस तोसँग यो तालिममा सहभागी हुनहुन आग्रह गर्नु भयो ।
यस तालिम उद्घाटन कार्यक्रमका क्रममा आयोजक संस्था अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रका अध्यक्ष दुर्गामान तामाङ्गले बहिरा अपाङ्गता भएका व्यक्तिहरुको सञ्चारमा पहुँच पुर्याउने उदेश्यले यो साङ्केतिक भाषाको तालिम सञ्चालन गरिएको बताउनु भयो । साथै उहाँले यो तालिम पश्चात दोभाषे उत्पादन हुने र रोजगारीमा पनि सहभागी हुने अवसर प्राप्त हुने हुदा सबैले यो साङ्केतिक भाषाको तालिम लिदा फाइदा हुने कुरामा जोड दिनु भयो ।
सो तालिमको उद्घाट कार्यक्रमको सञ्चालन आयोजक संस्था अपाङ्गता सीप विकास तथा प्रतिस्थापन केन्द्रका महासिचव लक्ष्मीदास मघैयाले गर्नु भएको थियो । यस तालिम २०७९ फागुन २३ गते देखि २०८० जेठ २२ गते सम्म ३ महिना सञ्चालन हुने छ भने यस तालिममा १५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।