राष्ट्रपति निर्वाचनमा राप्रपाभित्र तटस्थ बस्नुपर्ने जोड दिएका छन्
राष्ट्रपति निर्वाचनमा राप्रपाभित्र तटस्थ बस्नुपर्ने जोड दिएका छन्
    • Bell Sanchar

    • २४ फाल्गुन २०७९, बुधबार

काठमाडौं ।

राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क छ ।

एक नेताका अनुसार अध्यक्षसहित केही नेताले बोल्न बाँकी छ । ‘धेरैले तटस्थ बस्नुपर्ने राय दिनु भएको छ, ती नेता भन्छन्, ‘केहीबेरमा पार्टीले औपचारिक निर्णय गर्ला ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

साताकाे चर्चित
सम्बन्धित