काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो ।
बैठकले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।