जुम्लाको कनकासुन्दरी, हिमा र सिँजा गाउँपालिकाले देउडा खेलेर ११३ औं अन्तर्राष्ट्रिय महिला दिवश मनाएको छ ।
लैंगिक समानतको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने राष्ट्रिय नाराका साथ महिलाहरुले स्थानिय भेषभुषा पहिरन झल्काएर महिला हिंसा न्युनिकरण गर्ने सम्बन्धि देउडा खेलमा प्रस्तुत गरिएको थियो ।
सिँजा गाउँपालिका स्तरिय देउडा खेल र सड्क नाटकले जनचेतना दिने उद्श्यले खेल भएको महिला विकास शाखा सहायक महिला विकास निरिक्षक बसना शाही बुढाले जानकारी दिनु भयो ।
उनका अनुसार सिँजा गाउँपालिकाको नराकोट बजारमा र्याली गरेर वडा नम्बर १ देखि ६ सम्मकी महिलाहरुको उपस्थितिमा महिला दिवश भव्यका साथ सम्पन्न भएको छ । प्रत्येक वडाबाट एक एक समुह गरेर जम्मा ६ समुहले भाग लिएको बुढाले भनिन् ।
एक आपसमा प्रतिस्पर्धा गराएर मुल्यांकनको आधारमा पुरस्कार समेत दिएको बुढाले बताइन् ।
सो दिवश कनकासुन्दरी गाउँपालिकामा प्रत्येक वडा वडाले स्थानीय पहिरन र महिला हिंसात्मक गतिविधि कम गर्ने उद्श्यले देउडा खेल भएको महिला विकास निरिक्षक राजेन्द्रा महतले बताउनु भयो ।
उक्त दिवशको अवसरमा देउडा खेलमा महिला हिंसा , छाउपडी प्रथा , दाइजो प्रथा, बालविवाह , घरेलु हिंसा लगायत हिंसाबाट महिला बचाउनु पर्ने सबैको कर्तव्य हो , भने पम्पिलेट र देउडा लेखका टुक्का रहेको महतले बताइन् ।
हिमा पालिकामा पनि देउडा खेल खेलेर महिला दिवश मनाएको महिला विकास शाखाले जनाएको छ ।
महिलाको हक हितको बारेमा पुरुषले पनि भुमिका रहने सिँजा पालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।
राज्यले महिला हिंसाको निति बनाए पनि अझै महिला किन हिंसामा परिरहन्छन् । महिला हिंसालाई अन्त्य गर्न स्थानिय सरकारले पनि पहल चालिरहने धितालले बताए ।
सिँजा क्षेत्रमा पर्ने हिमा , सिँजा र कनकासुन्दरी गाउँ पालिकामा ११३
औं महिला दिवश भव्यका साथ सम्पन्न भएको छ ।
मुख्य गरेर तीन पालिकामा देउडा खेलले दिवश मनाइएको छ । अघिल्ला वर्षहरु मध्ये यस वर्षको दिवश महिलाहरुको उत्साह र ठुलो सङ्ख्यामा उपस्थिति रहेको देखिन्छ ।
दिवशमा प्लान, क्याड सेडा नेपाल लगायत स्वदेशी विदेशी संस्थाको आर्थिक सहयोग रहेको छ । स्थानीय सरकारको समन्वयमा दिवश भव्य रुपले मनाएर सफल भएको छ ।