काठमाडौँ । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ वृद्धि भएको छ ।
बुधबार अमेरिकी डलर एकको खरिदरद १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको थियो ।
बिहीबार भने खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा पुगेको हो । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७५ पैसाा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमा