फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक (भिडिओ)
फिल्म ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ गीत सार्वजनिक (भिडिओ)
    • Bell Sanchar

    • २६ फाल्गुन २०७९, शुक्रबार

काठमाडाैं,  दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’ को गीत सार्वजनिक भएको छ।

शुक्रबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘खाली छैन मेरो मुटु’ बोलको गीत सार्वजनिक गरिएको हो।

अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर रहेको रोमान्टिक गीतमा दयाहाङ र प्रकृति फिचर्ड छन्। डिपी खनालको शब्द रहेको गीतमा प्रवेश मल्लिकले संगीत भरेका छन्। गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

प्रवेश पौडेलले निर्देशन गरेको फिल्ममा दयाहाङ र प्रकृतिसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रूषा न्यौपाने, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नविन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायत कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्।

शिव ढकालले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

यो फिल्म वैशाख १ गतेदेखि प्रदर्शन हुँदैछ। यही मितिमा दयाहाङ र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित