एकिकृत समाजवादी पार्टी जिल्ला कमिटीमा अध्यक्ष हमाल चयन
एकिकृत समाजवादी पार्टी जिल्ला कमिटीमा अध्यक्ष हमाल चयन
    • उमेश बुढा

    • २६ फाल्गुन २०७९, शुक्रबार

 

जुम्ला ।

जिल्ला कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेपछि केन्द्रीय कमिटीले दयादत्त हमाललाई अध्यक्षमा अनुमोदन गरेको हो ।
नेकपा एकिकृत समाजवादी पार्टीको जिल्ला कमिटीको अध्यक्षमा हमाल चयन हुनु भएको छ ।

उनि यस भन्दा अगाडि नेपाली काङ्ग्रेस पार्टीका जिल्ला सचिव थिए । हमाल काङ्ग्रेस पार्टीको गरिमामय जस्तो पद छोडेर नेकपा एमाले पार्टीमा प्रबेश गरेका थिए । एमाले पार्टीबाट माधव नेपाल सहितको टोली बाहिरिएर एकिकृत समाजवादी पार्टी खोलेका थिए ।

उनि समाजवादी पार्टीमा रहेर अहिले केन्द्रीय कमिटीले जिल्ला कमिटीको अध्यक्ष पदमा अनुमादन गरेको हो ।
समाजवादी पार्टी छोडेर पुन एमाले पार्टीमा आदि प्रसाद न्यौपाने , केन्द्रीय सदस्य देविलाल सहितको टाली एमाले पार्टीमा गए पछि । समाजवादी पार्टीको जिल्ला कमिटीको अध्यक्ष पद खाली भएको थियो ।

केहि महिनासम्म उक्त पद खालि रहँदा अहिले अध्यक्ष पदको हमाल चयन भएका छन् । एकिकृत समाजवादी पार्टी जिल्ला कमिटीको सचिवमा शंक रोकाया रहेका छन् ।जिल्ला कमिटीमा १ सय ६८ जनाको सदस्यीय सङ्ख्या रहेको केन्द्रीय सदस्य तिर्थ बुढाले बताए ।

साताकाे चर्चित
सम्बन्धित