जुम्ला ।
कनकासुन्दरी गाउँपालिकाकाे वडा नम्बर ४ काे वडा कार्यालयबाट लक्षति वर्ग अन्तरगत १ सय ६९ जना जेष्ठ नागरिकलाई काँसाकाे थालले सम्मान गरेकाे छ । १ सय ८५ वटा काँसका वडा सरकारले खरिद गरी एक थाल बराबर १६ सय ६६ रुपैयाँ परेकाे वडा ४ वडा सचिव कृष्णविक्रम आचार्यले बताए ।
उनका अनुसार १६९ जना जेष्ठ नागरिकलाई थालले सम्मान गरेकाे र आर्थिक वर्ष २०७९ र ८० काे बजेटले सम्मान गरिएकाे हाे । सचिवले भने , यसकाे कुल खरिद रकम ३ लाख ४८ हजार परेकाे आचार्यले बताए । वडा नम्बर ४ का ९ वटा गाउँका ६० वर्षदेखि माथिका जेष्ठ नागरिकलाई काँसकाे थाल दिएकाे हाे ।
जेष्ठ नागरिकाे मृत्यु भए पनि काँसकाे थाल रहिरहने हुँदा १६९ जनालाई दएकाे वडा अध्यक्ष धनमानसिं हमालले जनाउनु भएको छ । जेष्ठ नागरिकले काँसाकाे थाल पाउदा खुसी भएका छन् ।
विगत ६० वर्ष अगाडि जुम्लाका जेष्ठ नागरिकले काँसकाे थालमा खाना खाँदै आएका थिए । अहिले याे पछिलाे समयमा काँसाकाे थाल लाेभ भएर खाना स्थिल , तामा र सिल्पटकाे थालमा खाना आएर जेष्ठ नागरिककाे स्वास्थ्यमा असर पर्ने हुँदा त्यसैले व बताए ।डाबाट जेष्ठ नागरिकलाई स्वास्थ्यमा काँसाकाे थालमा खाना खाँदा फाइदा जनक हुने हुँदा सम्मान गरेकाे अध्यक्ष हमालले