जुम्लाको तिला ४ नुवाकोटमा पतिको कुटाइले पत्नीको मृत्यु भएको छ । ४७ वर्षीय आइते सार्कीले आफ्नी पत्नी २३ वर्षीय ममता नेपाली लाई कुटपिट गरेर हत्या गरेका हुन् ।
मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रारम्भिक बयान अनुसार श्रीमानले एक हप्ता अगाडि कुटपिट गरेर श्रीमतीको हत्या गरेर घरमा लुकाइ छिपाई राखेको बताउछन् ।
केहि समय अगाडि पत्नीलाई कुटपिट गरेर समयमा उपचार नहुँदा नेपालीको मृत्यु भएको प्रहरी निरिक्षक यामवहादुर बुढा मगरले बताए ।
प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर भएको थियो । शवका प्रकृति हेर्दा केहि दिन अगाडि कुटपिट गरेर १ हप्ता अगाडि हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ उनले भने , शव कुहिएको हुनाले पत्नीलाई केले प्रहार गरेर हत्या गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन् ।
केले प्रहार गरेर हत्या गरेको हो भन्ने विषयमा पोष्टमार्टमको रिपोर्टले देखाउने छ ।
सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।