मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित
मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित
    • बेल संचार

    • १ चैत्र २०७९, बुधबार

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको हो ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
उच्च अदालतले चैत्र ८ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ ।

‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) मा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतका सुचना अधिकारी सरोजनीधि वाग्लेले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको जानकारी दिए ।
स्ववियु निर्वाचनमा मोसुमका करिब ४०० विद्यार्थीको मतदान गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै विद्यार्थीहरुले रिट हालेका थिए ।

साताकाे चर्चित
सम्बन्धित