उपराष्ट्रपतिको मतदान लगभग अन्तिम चरणमा
उपराष्ट्रपतिको मतदान लगभग अन्तिम चरणमा
    • Bell Sanchar

    • ३ चैत्र २०७९, शुक्रबार

उपराष्ट्रपति निर्वाचनमा दिउँसो २ बजेसम्म मतदान अन्तिम चरणमा पुगेको छ।

संघीय संसद मतदान केन्द्रमा २९८ र प्रदेश सभा मतदान केन्द्रमा ५१८ मत खसेको हो।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन्। संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।

त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित