उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
    • Bell Sanchar

    • ३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघ र प्रदेशको मत गणना छुट्टाछुटै हुँदैछ।

निर्वाचनमा मतदान प्रक्रिया बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको थियो। संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका हुन्।

प्रेम सुवाल, वर्षमान पुन (बिरामी), चन्द्र भण्डारी (बिरामी), लक्ष्मी कोइरी, शाहनाज रहमान (मृत्यु), रामचन्द्र पौडेल (राष्ट्रपति) र मनोरमा शेरचन तथा राप्रपाका १४ जना सांसदले चुनावी प्रक्रियामा भाग लिएनन्।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।

 

साताकाे चर्चित
सम्बन्धित