करण केसी र यु-१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान
करण केसी र यु-१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान
    • Bell Sanchar

    • ७ चैत्र २०७९, मंगलवार

पोखरा । भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु-१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु-१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो । डुम्रे भने व्यस्तताका कारण्ण कार्यक्रममा सहभागी थिएनन् ।

आईसीसी विश्वकप लिग २ का खेलमा केसीले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए ।
उनलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु-१९ का ३ जना खेलाडीलाई मञ्चले जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको हो ।

मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलमा जितसँगै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताए ।

‘अब उहाँहरू व्यक्तिगत हुनुहुन्न, सार्वजनिक व्यक्तित्व भइसक्नुभयो, अब उहाँहरुको जिम्मेवारी झनै बढेको छ,’ उनले भने । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने बताए ।

खेलाडी करण केसीले आफूहरुले प्रतियोगिताका दौरान धेरै मेहनत गरेको र त्यसैको प्रतिफल पाएको सुनाए ।
‘हामी धेरै नै मेहेनत गरेका गर्छौं । यसरी नै सधैं माया, सम्मान भइरहने हो भने अझै धेरै ऊर्जा जाग्छ,’ उनले भने ।

सोही अवसरमा पोखरा क्रिकेट एक्याडेमीले पनि खेलाडीलाई सम्मान गरेको थियो । एक्याडेमीले ४ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो ।

साताकाे चर्चित
सम्बन्धित