पुर्ख्यौली पेशा धान्न थाल्दा आफ्नै रुचि बिर्सिएका थापामगर
पुर्ख्यौली पेशा धान्न थाल्दा आफ्नै रुचि बिर्सिएका थापामगर
    • Bell Sanchar

    • ७ चैत्र २०७९, मंगलवार

काठमाडौँ। नेपाल खेलकुद महासंघ विराटनगरमा महाधिवेशनबाट केन्द्रीय सदस्यहरुको मनोनयन भएको छ। फागुन ७-९ गतेसम्म भएको महाधिवेशनमा मोरङका कृष्णबहादुर बस्नेत (पर्शुराम) को नेतृत्वमा १७५ जनाको कमिटी गठन भएको हो।

मनोनित सदस्यहरुको सपथ ग्रहण फागुन २६ गते नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको थियो ।

केन्द्रीय कमिटीको पहिलो बैठकबाट भएको जिम्मेवारी बाँडफाँड अनुसार धादिङ जिल्लाको इन्चार्ज त्रिपुरा सुन्दरी गाउँपालिका मूलपानीका युवा नेता सगुन थापामगरले जिम्मेवारी पाउनुभएको हो।

विद्यालय जीवनदेखि नै राजनीतिमा चासो राख्नुहुने उहाँले औपचारिक रूपमा राष्ट्रिय युवा संघको मूलपानी वडा कमिटी अध्यक्षबाट राजनीतिमा पाइला चाल्नुभएको हो ।

उहाँले राष्ट्रिय युवा संघ धादिङ जिल्ला कमिटीमा रहेर पनि काम गर्नुभएको थियो। यसैगरी उहाँ नेपाल मार्शल आर्ट्स हाप्कीडो संघ बागमती प्रदेश कमिटी सदस्य समेत हुनुहुन्थ्यो।

विद्यालय अध्ययन गर्दादेखि नै फुटबलमा रुचि राख्नुहुने उहाँमा त्यसबेला देखि नै खेलप्रतिको लगाव थियो ।

स्कुले जीवनमा उहाँले कहिले फुटबलमा भाग लिएर विजेता बन्नुहुन्थ्यो भने कहिले क्लबको अध्यक्ष भएर फुटबल आयोजना गर्नुहुन्थ्यो । उहाँले त्यतिबेला नै सहरा मगर क्लब गठन गरेर नेतृत्व गरेका गर्नुभएको थियो।

उहाँमा बाल्यावस्थादेखि नै नेतृत्वको भोक थियो । परिवार व्यापारिक, सैनिक र कृषि क्षेत्रमा रहेको हुँदा उहाँमा सानो उमेरदेखि नै पुर्खौली व्यापार सम्हाल्नुपर्ने जिम्मेवारी आईपर्यो ।

बाल्यअवस्थादेखि नै खेलको तृष्णा जागेको भएपनि व्यवसायिक खेलाडी बनेर आफ्नो ठाउँलाई चिनाउन नसकेकोमा उहाँको दुखेसो छ।

उहाँले आफ्नो रुचिलाई निरन्तरता दिन नसकेता पनि जिल्लामा रहेका बालबालिका तथा युवालाई खेलबाट नै व्यवसायिक बन्न र आफ्नो गाउँको नाम राख्न प्रेरित गर्नुहुन्छ।

खेलाडीलाई चाहनाअनुसार खेल खेल्न प्रेरित गर्नु र खेलको लागि व्यवस्थापन पनि अर्को मुख्य पाटो रहेको उहाँ बताउनुहुन्छ।

उहाँ नेपाल कम्युनिष्ट पार्टी  नेकपा विघटन हुँदा जिल्लामा संगठन बनाउन सतिशाल भएर जिल्लामा खटिनु भएको थियो।

नेपाल खेलकुद महासंघका केन्द्रिय कमिटी सदस्य र धादिङ्ग जिल्ला इन्चार्ज दोश्रो कार्यकाल हो ।

साताकाे चर्चित
सम्बन्धित