सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो
    • Bell Sanchar

    • ८ चैत्र २०७९, बुधबार

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

साताकाे चर्चित
सम्बन्धित