ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यता
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यता
    • Bell Sanchar

    • ९ चैत्र २०७९, बिहीबार

काठमाडौँ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको ग्राण्डीले आज भारतको स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन विभागबाट एनएबीएच मान्यता प्राप्त गरेको हो ।

ग्राण्डीलाई विरामी हेरचाहमा राम्रो काम गरेको भन्दै उक्त मान्यता प्रदान गरिएको हो । अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डीले गुणस्तरीय स्वास्थ्य उपचार, विश्वस्तरिय प्रविधि, अन्तर्राष्ट्रिय मापदण्डको विरामीमैत्री पूर्वाधार पुरा गरेकाले उक्त मान्यता प्राप्त गरेको बताउनुभयो ।

ग्राण्डीले स्वास्थ्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड तथा मार्गनिर्देशिकालाई पालना गरेकाले एनएबीएच मान्यता प्राप्त गरेको सो अस्पतालले जनाएको छ ।

विस २०६९ सालमा स्थापना भएको ग्राण्डीले हाल २०० शैयामार्फत विरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित