मेसीको ८०० गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित
मेसीको ८०० गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित
    • बेल संचार

    • १० चैत्र २०७९, शुक्रबार

काठमाडौं ।

लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ ।

गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरे ।

अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् ।

उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् ।

अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ ।

साताकाे चर्चित
सम्बन्धित