नेकपा (बहुमत) मा.के. लगायतका विभिन्न नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश
नेकपा (बहुमत) मा.के. लगायतका विभिन्न नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश
    • जीवन संघर्ष

    • ११ चैत्र २०७९, शनिबार

नुवाकोट

नुवाकोटमा विभिन्न पार्टी परित्याग गरी आधा दर्जन भन्दाबढी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नुवाकोटको विदुर नगरपालिका विभिन्न पार्टी परित्याग गरी आधादर्जन बढी नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले पार्टी ध्रुवीकरण/समाहित कार्यक्रम आयोजना गर्दै आज शनिबार नुवाकोटमा सबै नेता कार्यकर्ताहरुलाई स्वागत गरेको छ ।

नवप्रवेशीहरुले सुरुका दिनदेखि जनताको लागि आवाज उठाउँदै आएको र बिचमा पार्टी भित्रका नेताहरुको व्यक्तिगत स्वार्थको लागि गुटबन्दी हुँदै पार्टीलाई झुन्ड झुन्ड बनाएको र आफुले अबलम्बन गरेको पार्टीहरुले जनताको पक्षमा काम नगरेको र सबैलाई पुजीवादले ग्रस्त पारेको भन्दै जनताको पक्षमा उभिने भनेकै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी रहेको बताएका छन् । नेकपा नै देश समाज र जनातको हितमा काम गर्छ भन्ने विश्वासका साथ अन्य पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेकाे घोषणा छन् ।

नेपाल कम्युनिस्ट पार्टी पाेलिट ब्युरो सदस्य एवं पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज आजाद सीले ध्रुवीकरण कार्यक्रममा नेकपा (बहुमत) का जिल्ला सेक्रेटरीहरु क्रमश शंकर सी, वासु सी, लक्षमण सी, कृष्ण हरि सी, आकाश सी, माओवादी केन्द्रबाट सन्तोष सी, राजु तामाङ, सुवास तामाङ, सानोकान्छा तामाङ, जयराम तामाङ त्यसैगरी अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला सदस्य निर्मला तामाङलाई टिका लगाई खादा ओढाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।

साताकाे चर्चित
सम्बन्धित