राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा
राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा
    • Bell Sanchar

    • १२ चैत्र २०७९, आईतवार

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा पुगेका छन्।

गोरखकाली दर्शनलगायतका लागि उनी आज बिहान गोरखा गएका हुन्।

नेपाली सेनाको हेलिकप्टरमार्फत् राष्ट्रपति गोरखा गएका हुन्।

उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन्।

राष्ट्रपति पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजासमेत गरेका छन्।

पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।

तस्बिरहरू:

साताकाे चर्चित
सम्बन्धित